arrow

बाँकेको राप्ती नदीमा डुबेर एक युवकको मृत्यु 

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
Banke-hamrakura.jpg.jpeg

नेपालगन्ज । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दीपक वैश्य को मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

"राप्ती नदीमा पौडी खेल्नेक्रममा सोमवारदेखि बेपत्ता भएका वैश्यको मङ्गलवार  बिहान शव फेला परेको हो । राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनी डुबेका थिए । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा मङ्गलवार बिहान शव फेला पारेको हो । शव परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको छ", उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ