arrow

बर्दियामा प्रेस युनियनका आचार्य सहित प्यानल विजयी

logo
हरि गुरुङ्ग,
प्रकाशित २०७७ चैत २६ बिहिबार
FNJ-Election-bardia.jpg

बर्दिया । नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको संयुक्तबाट अध्यक्ष पदमा यादव आचार्य २६ मतले निर्वाचित भएका छन्। आचार्य ले ५८ मत र उनका प्रतिस्पर्धी भीम बहादुर ठकुरी (उचै) ३२ मत पाएका थिए।बर्दिया शाखामा ९६ मत रहेको थियो भने ९१ मत खसेको थियो।

नवनिर्वाचित आचार्य डेढ दशक देखि पत्रकारितामा सक्रिय रहेका छन्। संगठनिक, व्यावसायिक, विकास, पत्रकारहरूको भौतिक सुरक्षा, श्रमजीवी पत्रकारहरूको पारिश्रमिक निर्धारण लगायत सूचनाको हक स्थापित गर्दै लोकतन्त्र रक्षार्थ लडाइँ हाँक्ने समेत नवनिर्वाचित अध्यक्ष आचार्य को प्रतिबद्धता जनाएका छन्।

यसै गरी उपाध्यक्ष पदमा चिरञ्जीवी योगी ( भावुक ) ९ मतले विजय भएका छन्। योगीले ४९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी मुकुन्द सुवेदी ४० मत पाएका थिए।सचिव पदका लागी सन्तोष पौडेल  ८ मतले निर्वाचित भएका छन्।पौडेलले ४८ मत पाएका थिए भने प्रतिस्पर्धी यज्ञ सापकोटाले ४० मत पाएका थिए त्यसै गरी सह-सची वका लागि बिष्णु प्रसाद अधिकारी  १८ मतले विजय भएका हुन्। 

अधिकारीले ५३ मत र प्रतिस्पर्धी मीन प्रसाद अधिकारी ३५ मत पाएका थिए ।कोषाध्यक्ष पदका लागि शितल थापा १८ मतले विजय भएका छन् थापाले ५४ मत पाएका थिए भने प्रतिस्पर्धी केशव कोइरालाले ३६ मत पाएका थिए।

दलित सदस्यमा रावन बि.क. १९ मतले विजय भएका छन् भने बि.क. ले ५० मत र शक्ति परियारले ३१ मत पाएका थिए।

आदिवासी जनजाति सदस्यमा हरि गुरुङ्ग २१ मतले विजय भएका छन्।गुरुङ्ग ले ५० मत पाएका थिए भने प्रतिस्पर्धी सौगात श्रेष्ठले २९ मत पाएका थिए।

त्यसै गरी समावेशी सदस्य तर्फ ३९ मतले टिकाराम थारु विजय भएका छन् थारुले ६३ मत पाएका थिए भने मनराज कठायतले २४ मत पाएका थिए भने खुल्ला सदस्य तर्फ अनोज थारु ५९, दिपकलाल श्रेष्ठ ५६, दुर्गा आचार्य ६२, र सरोज कामत ४६ प्रदेश परिषद सदस्य खुल्ला तर्फ डोलराज सिग्देल ६३, बिष्णु प्रसाद तिमिल्सेना ६७, संजय आचार्य ५७ र केन्द्रिय परिषद सदस्य खुल्ला बद्री सिग्देल ५४, मेघराज सिग्देल ५२ मत पाएका छन्।

नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उपाध्यक्ष महिला मेनुका चौधरी, मधेसी सदस्य मुरली राम गोडिया, महिला सदस्य गोमा बिष्ट र केन्द्रिय परिषद सदस्य गिता अधिकारी प्रदेश परिषद सदस्य दिनेश कुमार यादव , तारा बहादुर सुनार चौतारी प्यानलबाट, प्रदेश परिषद सदस्यमा मान बहादुर चौधरी निर्बिरोध निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ