arrow

बिगुमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, वडाध्यक्षसहित १८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
accident-final-1618290232.jpg

चरिकोट । दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी सोमबार राति १० बजे दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् । 

दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौंको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ