arrow

झापामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

logo
युवराज रेग्मी 
प्रकाशित २०७८ वैशाख २ बिहिबार
Rod-Accdent-new-photo.jpg.jpeg

झापा । पूर्वपश्चिम राजमार्गको झापा दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ  जाँदै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स झापाको दुधेमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान भएको दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी–७ निवासी २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते घिमिरे र एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा चालकको बाटोमै मृत्यु भएको झापा जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिएका छन्  ।

त्यस्तै गम्भीर घाइते भएका तामाङको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरेहेको छ । दुर्घटनामा परी एम्बुलेन्स पुर्ण रुपमा क्षतिग्रस्त भएको  छ ।



नयाँ