arrow

कोरोनाका कारण झापाका अग्रज पत्रकार मिश्रको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
mishraaa.jpg

झापा । झापाका पुराना पत्रकार, मानव अधिकारकर्मी तथा धार्मिक अभियन्ता कमल मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

४८ वर्षीय मिश्रको बुधबार राति उपचारको क्रममा काठमाडौ स्थित कोभिड हस्पिटल टेकुमा मृत्यु भएको हो । मृतक मिश्रका तीन जना छोरी छन् ।

झापा बिर्तामोड नगरपालिका-८ का स्थायी बासिन्दा मिश्र केही वर्षदेखि स-परिवार काठमाडौंमा बस्दै आएका थिए । हाल बिश्वभर फैलिइरहेको कोरोना भाइरस कोभिड-१९ को दोस्रो लहर फैलिरहेको र उनमा  कोरोना संक्रमण पुष्टि भए लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो । पत्रकार मिश्रकी श्रीमती नारायणी मिश्र हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्ना सदस्य मिश्रको निधनले स्तब्ध बनाएको जनाएको छ । महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले मिश्रको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष एकराज गिरीले पत्रकारिता र अध्यात्मिक साधनामा क्रियाशील मिश्रको उपचारको क्रममा टेकु अस्पतालमा भएको निधनले स्तब्ध बनाएको बताएका छ्न ।

उनले महासंघको तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलिसहित परिवाजनमा गहिरो समवेदना ब्यक्त गरेका छन् ।



नयाँ