arrow

काठमाडौंमा ट्राइसिरिज टी–२० क्रिकेट, भिड्दै नेपाल–नेदरल्यान्ड्स 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
trinations-t20-series-2021-.jpg

काठमाडौं । नेपालले १४ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ । नेपालले घरेलु मैदानमै नेदरल्यान्ड्स र मलेसियालाई समावेश गरेर ट्राइसिरिज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजको उद्घाटन खेलमा शनिबार नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल दिउँसो १ः१५ बजे शुरु हुनेछ । 

नेपालमा अहिले मौसममा उतारचढाव आइरहेको हुनाले खेलमा वर्षा वाधक हुने आशंका पनि गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म नै मौसममा उतारचढाव आउने बताएको छ । 

बिहीबारदेखि हावाहुरीसहित काठमाडौंमा असिना–पानी पनि आएको छ । 

नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान र नेदरल्यान्ड्स पिटर सिलारको कप्तानीमा मैदान उत्रने छ । बलियो टिम नेदरल्यान्ड्स नेपाललाई हराएर सुखद शुरुआत गर्ने लक्ष्यमा रहेको छ । नेपालले पनि घरेलु मैदानमा जितबाट शुरुआत गर्दैछ । 

नेपालको लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपालले सर्वाधिक टी–२० नै नेदरल्यान्ड्सविरुद्ध खेलेको छ ।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ खेल खेलकामा जम्मा दुई वटा मात्र जित निकालेको छ । 

यो प्रतियोगितामा नेपाली टिमका पूर्व कप्तान पारस खड्का हुने छैनन् । चोटका कारण पारस सिरिज बाहिर रहेसँगै उनको स्थान सन्दीप जोराले लिने बताइएको छ । 

यसअघि शुक्रबार तीन वटै देशका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका थिए । 

नेपालको बाँकी खेल तालिका
डबल राउन्ड रोबिनमा हुने यो प्रतियोगितामा एक टिमले आपसमा दुई दुई खेल खेल्नेछ । त्यसपछि अंकको आधारमा शीर्ष दुईमा रहने टिमले उपाधिका लागि खेल्नेछन् । 

नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग बैशाख ६ गते खेल्नेछ । 

तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ गते खेल्नेछ ।

लिगको अन्तिम खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

फाइनल खेल बैशाख ११ गते हुनेछ ।

दर्शकका लागि
कोरोना भाइरसको महामारीबीच हुन गइरहेको यो प्रतियोगिताका लागि दर्शक भने सीमित रुपमा मात्र प्रवेश गर्न दिने नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ । 

खेल हेर्न दर्शकले १५० रुपैयाँको टिकट काट्नु पर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ