arrow

दाउन्नेमा बस २०० मिटर तल खस्यो, ३१ जना घाइते

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ वैशाख ४ शनिबार
accident-1_1617703017.jpg

कावासोती। पूर्वी नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डको दाउन्ने बजार नजिक भएको दुर्घटनामा घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलीपकुमार गिरीले बताए।

घाइते मध्ये सामान्य घाइते ५ जनाको दुम्किबास स्थित स्थानीय मेडिकलमा, २३ जनाको मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको र गम्भीर घाइते ३ जनालाई थप उपचारको लागि चितवनको भरतपुर पठाइएको गिरीले बताए।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व  तर्फ आउँदै गरेको  ना५ख ७००० नंको बस आफै अनियन्त्रित भई सडक देखि अन्दाजी २०० मिटर तल खसेको थियो। दुर्घटना भएको बसमा ३१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूको विवरण खुलिसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ