arrow

भेरी अस्पतालमा थप एक महिलाको कोरोनाबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
bheri-hospital_aAVprgHTIO.jpg

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ की ५२ वर्षीया महिलाको आइतबार  दिउँसो ३.५५ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनी चैत ३१ गते अस्पताल भर्ना भएकी थिइन् । यो संगै कोरोनाबाट जिल्ला बाहिरका ९७ जनाको मृत्यु भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ