- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । कोरोना भाइरसको संक्रमण नियन्त्रण भन्दा बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको सर्वपक्षिय सर्वदलिय बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो ।
बाँकेमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्न जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)ले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सिफारीस गरेको छ ।