arrow

भेरी अस्पतालमा ३३ वर्षीय पुरुषको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
bheri-hospital.jpg

नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ३३ वर्षीय पुरुषको मङ्गलवार मृत्यु भएको हो ।  

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको खजुरा २ का ३३ वर्ष पुरुषको मङ्गलवार  दिउँसो २ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनी वैशाख ७ गते अस्पताल भर्ना भएका थिए । मृतकको शव व्यवस्थापनका लागि परिवारका सदस्य तथा डिसीसीएमसीले तयारी गरिरहेका छ ।

 यो सँगै कोरोनाबाट बाँके जिल्लामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ