arrow

चालीस वर्षीय पत्रकार अधिकारीको कोरोनाबाट मृत्यु, मतदानपछि परीक्षण गर्दा संक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
corona-killed-final.jpg

दाङ । दाङका  पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा  निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा  व्यवसायमा पनि संलग्न थिए । 

परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ