arrow

बाँकेमा शुक्रवार कोरोनाबाट थप दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
covid-test-positive-corona_1618150029.jpg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ की ६५ वर्षीय पुरुष  र बर्दियाको राजापुर नगरपालिका ९ का ४२ वर्षीय पुरुषको शुक्रवार  मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन्  ।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ