arrow

मरी लानु के छ र भन्दै कोरोना संक्रमितलाई मद्धत गर्दै अध्यक्ष बेहना

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ वैशाख १२ आइतबार
safik-behana-help.jpg

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा  कोरोना संक्रमित बिरामीले यतिबेला कोरोना वार्ड नै खचाखच भरिएको छ। कतिपय बिरामी भेन्टिलेटरको सहारामा उपचार गराइरहेका छन् त कतिपय बिरामी अक्सिजनको सहारा लिइरहेका छन् । 

बिरामीलाई तातो पानीसम्म बाहिरबाट ल्याउनुपर्ने कहालीलाग्दो अवस्था भइरहदा यतिबेला नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले फेरि मानवीय कार्य गरेका छन् ।

अध्यक्ष बेहनाले  कोरोना संक्रमित बिरामीहरुको दुःखलाई आफ्नो दुःख सम्झदै पुनः कोरोना वार्डमा तातो पानी पिउनका लागि आफ्नो तर्फबाट आधुनिक मेसिन नै जडान गरिदिएका छन् ।

अध्यक्ष  बेहनाले शनिबार साँझ नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितिमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई ३५ हजार रुपैयाँ पर्ने आधुनिक वाटर डिस्पेंसरी हस्तान्तरण गरेका हुन् । 

उक्त आधुनिक वाटर डिस्पेंसरीबाट कोरोना संक्रमित बिरामीले भने अनुसारको तातो पानी अब पिउन पाउने छन् ।

अध्यक्ष बेहनाले यस्तो विषम परिस्थितिमा अस्पतालमा कोरोनाको पीडाबाट मृत्युसँग लडिरहेकाहरुलाई आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा धेरै खुशी भएको बताए। 

मरेर लानु के छ र ? भन्दै मर्दा पर्दा सबैलाई सहयोग गर्नु नै ठूलो कुरा भएकोले  आफ्नो तर्फबाट  सहयोग गर्न अध्यक्ष बेहनाले अनुरोध गरेका छन् ।

कोरोनाबाट कसैको अकालमा मृत्यु नहोस् भनेर कामना गर्दै अध्यक्ष बेहनाले आगामी दिनमा अरु पनि सहयोग गर्ने वचन दिए । उपमेयर उमा थापा मगर र मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले  अध्यक्ष बेहनाको सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए । अध्यक्ष बेहनाले गरेको सहयोगप्रति कोरोना संक्रमित बिरामीहरुले समेत धन्यवाद ब्यक्त गरेका छन् ।

अध्यक्ष बेहनाले शनिबार मात्रै भेरी अस्पतालमा  कोरोना वार्डलाई २०० वटा अक्सिजन सिलिन्डरको लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

अध्यक्ष बेहना एक दयालु र सहयोगी मनका जनप्रतिनिधि हुन् । बेहना जस्तै अरु जनप्रतिनिधिमा यस्तो सोच आउनु जरुरी छ। बेलैमा सबै जनप्रतिनिधिले कोरोनाका लागि सहयोग गर्न जरुरी देखिन्छ।

अध्यक्ष बेहनाले भेरी अस्पतालमा उपचार गराइरहेका सबै संक्रमीतलाई सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ