arrow

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
bheri-hospital_aAVprgHTIO.jpg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।  

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको कोहलपुर  नगरपालिका वडा नम्बर २ का ४१ वर्षीय पुरुष र बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए।

योसँगै कोरोनाबाट बाँकेका ८५ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १ सय ३ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ