arrow

बाँकेभर साताव्यापी लकडाउन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
banke-lockdown.jpg

नेपालगन्ज । बाँकेमा सोमवार राति १२ बजेदेखि एक साता लकडाउन हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आइतबार जारी सूचनामा बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न वैशाख १३ गते राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म लकडाउन गरिने उल्लेख छ ।

यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । बैङ्क, वित्तीय संस्था सबै बन्द हुनेछन् । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ ।

दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । नेपालगन्ज उपमहानगरपालिकामा यस अघि नै वैशाख ८ गते राति १२ बजेदेखि लकडाउन जारी छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ