arrow
ADVERTISEMENT

चितुवाको छाला सहित दुई जना पक्राउ

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ वैशाख १२ आइतबार
chitwa.JPG

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ खोया लेख बाट चितुवाको छाला सहित शनिवार २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका ९ का ६० वर्षे मानसिंह थापा र २६ वर्षे तुलाराम सार्की रहेको आइतबार दिउसो पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनीहरूले चितुवा मारेर सोही वडाको खोया लेख भन्ने छानामा हड्डी दाँत र छाला बिक्रीका लागि भनेर लुकाई राखेका रहेछन् । विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदन जित महराले जानकारी दिए। अभियुक्त थापा र सार्कीलाई थप अनुसन्धानका लागि शनिवार नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

उनीहरूबाट बरामद गरिएका १ थान चितुवाको छाला ३ थान दाँत, दुइटा खुट्टा र १ थान टाउको देखि अस्थिर पञ्जर सबै आइतबार दिउसो  डिभिजन बन कार्यालय बाजुरालाई बुझाएको प्रहरीले जनाएको छ । उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक महराले बताए । सोही नगरपालिकाबाट करिव १ वर्ष पहिले पनि चितुवाको छाला हड्डी दाँत र अन्य मृगका हड्डी सहित केही व्यक्ति हरू पक्राउ परेका थिए ।

वन्यजन्तु अनाधिकृत रुपमा चोरी निकासी गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९ अनुसार कार बहीको प्रक्रिया अगाडी बढाइने डिभिजन वन कार्यालय बाजुराका प्रमुख कालीराम चौधरीले भने । गत वर्ष समातिएको चितुवाका छाला लगायतका सामाग्री पनि विधि बिज्ञान प्रयोगशालामा पठाइएको छ । प्रमाणित भएर आएपछि कारवाही हुन्छ डिभिजन वन प्रमुख चौधरीले भने ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तुऐन २०२९ को दफा २६. दण्ड सजाय को व्यवस्था गरेको छ । सोही दफा अनुसार (१) गैर कानुनी तरिकाले गैँडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैँडाको खाग वा कस्तुरीको बिना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेट पहार राख्ने, खरिद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने छ भन्ने कानुनी व्यवस्था उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ