arrow

ट्याक्टर दुर्घटनामा परि नीरज बुढाको मृत्यु

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ वैशाख १३ सोमबार
tracktor.jpg

बाजुरा। साँफे मार्तडी सडक खण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ को बल्दे नजिकै ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

मृत्यु हुनेमा अछामको मेल्ललेख गाउँपालिका वडा नम्बर १ का नीरज बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराले बताएका छन् । सोही ट्याक्टरमा रहेका  बाजुराको त्रिवेणी नगरपालिका १ छताराका कृष्ण बुढा घाइते भएको प्रहरी नायव उपरीक्षक महराले बताए । घाइतेको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको बताइएको छ ।

अछामबाट मार्तडी आउँदै गरेका साहु रमेश बुढाको से १ च ३१७९ नम्बरको ट्याक्टर बिहान साढे ११ बजे अम्कोटको पहिरोमा परि दुर्घटना भएको हो । “अम्कोटको उकालो रहेको कच्ची सडकमा गाडी चढ्न नसकेर रोडमा पल्टियो। ट्याक्टर पल्टिदा ट्रलीको पछाडि बसेका नीरज बुढाको च्यापिएर मृत्यु भएको पहरी नायब उपरीक्षक महराले जानकारी दिए । ”

 सो ट्याक्टरका चालक कैलालीका विजय चौधरीलाई प्रहरी नियन्त्रणमा लिइसकेको प्रहरी प्रमुख महराले बताए । चालक चौधरीको लाइसेन्स समेत नभएको पाइएको प्रहरी प्रमुख महराले बताएका छन् ।

वर्षाको समयमा भत्केको साँफे मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखि हरडे खोलासम्मको सडक सुधार नभएका कारण सो सडक जोखिममा रहेको छ । यसअघि पनि विभिन्न समयमा ट्रक र ट्याक्टर दुर्घटना भइसकेका छन् । सडक मर्मत गर्नुपर्ने वा बल्दे द्धारीको एलाइन्म्यान्ट नै परिवर्तन गर्नुपर्ने हुन्छ । तलबाट बुढिगंगा नदीले काटेको छ । माथिबाट पहिरो जान्छ ।

पारी पट्टी पहिरोकै जोखिम छ, अलाइनम्यान्ट बदल्नुको विकल्प नभएको अछाम बाजुरा पूर्वाधार डिभिजन कार्यालय प्रमुख जङ्गबहादुर थापाले भने । उक्त सडक खण्ड सुधार गर्न सम्बन्धित निकायको ध्यान नजाँदा धेरैको ज्यान जान सक्ने खतरा छ स्थानीयले दुख व्यक्त गरेका छन् ।



नयाँ