arrow

बाँकेमा थप तीन जना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
dead2.jpg

नेपालगन्ज । बाँकेमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेका बर्दियाका ४३ वर्षीय पुरुषलाई थप उपचारका लागि भेरी अस्पतालमा उपचार गर्दै गर्दा सोमवार दिउँसो १२ बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै नेपालगन्ज ४ की ५५ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्री आइसोलेसनमा मृत्यु भएको ओलीले बताए। उनको आज साँझ ५ बजे मृत्यु भएको हो।

अर्का खजुरा २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा आज दिउँसो ४ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले बताए। यो सँगै बाहिरी जिल्लाको मृत्यु सङ्ख्या १०५ पुगेको छ भने बाँकेमा मृत्यु हुनेको सङ्ख्या ८९ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ