arrow

मोर्चाको सहमतिमा प्रमुख दलले संविधान संशोधन गर्ने तयारी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1460708220.jpeg
काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेससहित प्रमुख दलहरुको सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मधेसी मोर्चाको सहमतिमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेका छन् ।

कांग्रेस नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशीको सुनिश्चितता र प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो । तर नयाँ सरकारले विधेयकको विषयलाई अगाडि नबढाएपछि काँग्रेसले संसदबाट आइतबारदेखि आन्दोलन शुरु गरेको थियो । 

बैठकले आन्दोलनकारीलाई शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आग्रह गर्दै उनीहरुको ११ बुँदे मागबारे पुनः बैठक बसेर साझा धारणा बनाउने निर्णयसमेत गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ