arrow

उपचाररत थप दुई संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
bheri-hospital_aAVprgHTIO.jpg

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका-१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आएका ६५ वर्षीय पुरुष कोरोनाले च्यापेपछि वैशाख छ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा बुधवार बिहान २:३० बजे मृत्यु भएको हो ।

यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका-१२ निवासी ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा गए राति १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको

छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ