arrow

बाँकेमा संक्रमणबाट एक सय बढीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
Banke-hamrakura.jpg.jpeg

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण १ सय भन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप छ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् ।

गए राति ९ देखि बिहान ५:३० बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी छ संक्रमितको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १२ गते पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्नाभएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ निवासी ५८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको छ ।

यसैगरी भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज-४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका-११ निवासी ४३ वर्षीया महिलाको गए राति करिव ९ बजे नै मृत्यु भएको थियो ।

यसैगरी भेरी अस्पतालमा नेपालगञ्ज-९ निवासी ४२ वर्षीय पुरुषको राति १० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका-८ निवासी ३२ वर्षीय पुरुषको भेरी अस्तालमै उपचारका क्रममा आज बिहान १:३० बजे मृत्यु भएको छ ।

पछिल्लो पटक शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज-५ निवासी ५५ वर्षीय पुरुषको बिहान ५:३० बजे मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १०९ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ