arrow

बाँकेमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
Dead_Body.jpg.jpeg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या धमाधम वृद्धि भइरहेको छ।

 दिनहुँ आधा दर्जन कोरोना संक्रमितहरूको उपचारका क्रममा मृत्यु भइरहेको छ। बाँकेमा उपचाररत थप दुई जना कोरोना संक्रमितको फेरि मृत्यु भएको छ।

भेरी अस्पतालमा उपचाररत कैलाली टिकापुर १ की ५१ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

उनको बिहीबार बिहान १० बजे मृत्यु भएको हो। त्यस्तै बाँकेको नेपालगन्ज ८ का ३३ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार बिहान साढे १० बजे मृत्यु भएको ओलीले बताए।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०८ र बाहिरी जिल्लाका १११ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ