arrow

कोरोनाले आइपिएल प्रभावित: खेलाडी, सहयोगी र मैदान कर्मचारीहरूमा सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
ipl-kolkatta-rajasthan.JPG
फाइल तस्विर।

काठमाडौं। भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) कोरोनाबाट प्रभावित भएको छ। कोरोना सङ्क्रमणका कारण सोमबार हुने कोलकाता र बैंगलोर बीचको खेल पछि सारिएको छ। त्यसैगरि चेन्नई क्याम्पमा पनि कोरोना सङ्क्रमण पसेको छ भने दिल्ली मैदानका कर्मचारीहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर बीचको सोमबार हुने खेल कोरोना भाइरसका कारण पछि सारिएको छ। कोलकाताका खेलाडीहरू वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि खेल पछि सारिएको हो। 

यस लगत्तै चेन्नई सुपर किंग्सका खेलाडीहरूमा कोरोना सङ्क्रमण नदेखिए पनि तीन सहयोगी सदस्यहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। चेन्नईका बलिङ कोच लक्ष्मिपति बालाजी लगायत दुई अरू रहेका छन्। चेन्नईले शनिवार भएको खेलमा मुम्बईसंगको खेलमा बालाजी डगआउटमा रहेका थिए।

त्यसैगरि दिल्लीका मैदान कर्मचारी सहित पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। आइतबार उक्त मैदानमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद बीचको खेल खेलिए थियो। मैदान कर्मचारीहरू खेलाडीहरूसँग सम्पर्कमा आएको सम्भावनालाई नकार्न नसकिने दिल्ली क्रिकेटका अधिकारीले बताएका छन्। 

आइपीएलमा बनाईएको बायो बबल फुटेको अनुमान भारतीय संचार माध्यमहरुले लगाएका छन्। आइपिएल टोलीमा कोरोना कहाँबाट पस्यो भन्ने बारे खोजीनिती जारी रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ