arrow

नेपालगन्ज मेडिकल कलेजमा थप चार कोरोना संक्रमितको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा ५५ देखि ८० वर्ष सम्मका रहेका छन् । 

कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज १० का ७० वर्षीय पुरुष रहेका छन्  । उनको सोमबार राति ११ः४० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । 

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बर्दगोरिया ६ कैलाली का ८० वर्षीय पुरुषको सोमबार राति ११ः५० बजे मृत्यु भएको छ। सोही अस्पतालमै धनगढी ११ कैलालीका ५५  वर्षीय पुरुषको मंगलबार बिहान ४ः३० बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले बताए।

 मृत्यु हुने चौथो संक्रमित भने बाँके बैजनाथ ५ की ६२  वर्षीया महिला रहेकी छिन् । उनको बिहान ६ः३० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
 
योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ र बाहिरी जिल्लाका बाँकेमा उपचार गराइरहेका १२५ संक्रमितहरुको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ