arrow

बाजुरामा क्यान्सर पीडित महिलाको कोरोनाबाट मृत्यु

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
Dead_Body.jpg.jpeg

बाजुरा । कोरोना भाइरस संक्रमणबाट बाजुरामा एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन् ।

स्वास्थ्य कार्यालयमा उपचारका क्रममा बुधवार बिहान ५ बजे जिल्ला अस्पताल कार्यालय बाजुरामा उपचारको लागि जिल्ला अस्पताल बाजुरामा भर्ना गरेका थिए भर्ना गरेको ९ घण्टा पछि उनको मृत्यु भएको बाजुराले बताएको छ ।

जिल्ला अस्पताल बाजुराका अनुसार मृत्यु हुनेमा गौमुल गाउँपालिका वडा ३ की ५५ बर्षिया एक महिला रहेकी छन् । बुधवार नै उनलाई उपचारको लागि जिल्ला अस्पताल बाजुरामा भर्ना गरेको थियो ।

उनलाई एन्टीजेन्ट विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल बाजुराले बताएको छ । मृत्यु भएकी महिला क्यान्सर पीडित पनि थिइन ।

मृतकको शब नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ । दोस्रो लहरको कोभिड फैलिएपछि बाजुरामै कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । 

एन्टीजेन परीक्षण गर्दा बाजुरा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म बाजुरामा सक्रिय संक्रमित रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ