arrow

अमेरिकाको न्यूजर्सीबाट हराएका नेपाली विद्यार्थी अजय शाहको शव भेटियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
shaaaa.jpg

काठमाडौं । अमेरिकाको न्यूजर्सीबाट हराइरहेका नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ ।  गत जनवरी महिनादेखि न्यूजर्सीबाट न्यूयोर्कको लागि हिंडे भनेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको निश्चित गरेको छ । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए । शाह विगत साढे २ बर्षदेखि ड्रु विश्वबिद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनि भाईको खोजीको लागि टेक्ससबाट न्यूजर्सी आएका थिए ।

नेपाल घर सिरहा भएका २२ बर्षिय शाहको गत सोमबार उनको शवको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा गरेका छन् । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका चित्रग्राहिणी(क्यामरा)पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ चित्रग्राहिणी(क्यामरा)भिरेको देखिएको थियो भनेका छन् ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेलसम्म उनी बेपत्ता हुनु रहस्यमय रहेको थियो ।अधिकारीहरूले मार्च ९ मा उनको शव एङ्कोरेज नहरमा फेला पारेका थिए । गत अप्रिल २५ मा न्यू योर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्तिबारे इकाईलाई सूचित गरेको थियो ।

बेपत्ता भएका अजय शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क-पेन स्टेसनमा राती ११ः३७ मिनेट, जनवरी १९,२०२१ को दिन सम्म देखिएको थियो । अझ पनि शव परिवारलाई हस्तान्तरण गरिएको छैन ।-जिएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ