arrow

सिद्धार्थको वैराग्य

भाग एक

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
gautam_buddha.jpg

संसारमा मानिस जन्मन्छ, बिस्तारै जवान हुँदै जान्छ र अन्तिममा मृत्यु वरण गर्दछ । त्यही क्रम जलचर, थलचर, नभचर आदि प्राणीमा पनि लागुहुन्छ । मानिसको मृत्यु कहिले कति वेला हुन्छ, त्यो त शायद (सिद्ध महापुरुष बाहेक) अहिले सम्म कसैले तोक्न सकेको छैन । कतै वालक पनि मरेको सुनिन्छ, भने कतै देखिन्छ । त्यसै गरी सय वर्ष नाघेका पनि जीवित नै रहेको सुनिन्छ, देखिन्छ । सिद्ध महापुरुषहरू पनि आफ्नो मृत्यु हुने दिन थाहा पाएर पनि कसैलाई यसको गुह्य बताउन चाहनु हुन्न ।
 
मृत्युपछि के हुने हो, यस्ता गुह्य कुरा पत्ता लगाउन पाए हामी आफ्नो जीवनलाई त्यसै गरी चलाउने थियौँ भन्ने प्रश्न भक्तहरूले श्री शिवपुरीबाबुलाई गरेका थिए । उनलाई श्री बाबाले  'यस्ता विषयमा अलमल गरेर फाइदा हुँदैन, मनुष्यको परम लक्ष भनेको श्री परमात्मा परमेश्वरको दर्शन गर्नु हो, सत्य वस्तु पत्ता लगाउने तर्फ लाग्नुस् त्यसैले पहिले उहाँको दर्शन गर्नुस्, अनि यस्ता विषयको उत्तर तपाईँ आफैँ पाउनु हुन्छ ।'
 
श्री बाबा आफ्ना भक्तहरूलाई सम्झाउन हेर्नुस्, बुद्धको मनमा सुरु देखिनै संसारबाट वैराग भएर सत्यको खोजमा नै अलमलिई रहनु हुन्थ्यो । यसो गर्दा त उहाँलाई बुद्धत्व प्राप्त गर्न ७ वर्ष लाग्यो भने तपाईँहरू एक क्षण मात्र यस्तो चिन्तनमा समय दिएर नचाहिने काम कुरामा अलमल गरिरहनु हुन्छ भने कति समय, कति जन्म लाग्ने हो, आफैँ विचार गर्नुस् ।  अव केही दिन भित्र हामी बुद्ध जयन्ती मनाउन गई रहेका छौँ यसै उपलक्षमा बुद्ध ग्रन्थहरूमा आधारित केही प्रसङ्गहरू समावेश गर्ने जमर्को गरिएको छ । 

यशोधराको गर्भबाट एक शिशुले जन्म लिएका थिए । उनको नाम राहुल राखियो । सिद्धार्थले त्यो शिशुलाई हातमा उठाए । यशोधराले वालक र पतिको मुखमा हेरिरहिन् तर सिद्धार्थको चित्त भने चिन्ताले भरिएको थियो ।  त्यस वेला उनले ४ वर्ष अघि यशोधरालाई साथ लिएर चार वर्षको मृतक वालकको अन्तिम संस्कारमा भाग लिन गएको दृश्य सम्झना गरे । उनले सोचे मानव जीवनको कति महत्व छ, तर यो जति महत्वको छ त्यति नै नाजुक पनि छ ।  

मृतक वालकको अन्त्येष्टिको तयारी भइरहेको थियो, वालकका आमा लगायत आफन्त रोइरहेका थिए । आमाको  आँखाबाट आँसु बगिरहेको थियो । उनी बारम्बार आँसु पुछी रहेकी थिइन् । वालकको अन्तिम संस्कार गर्नु नै थियो, ब्राह्मणले मन्त्र उच्चारण गर्न लागे ।

उसको शवलाई अर्थीमा राखिया, वाणगंगाको जलमा स्नान गराइयो अनि दाउराको बिचमा राखियो । लाशलाई नदीमा नुहाएपछि उसले गरेको पाप पानीले पखाल्छ भन्ने मान्यता रहेकै छ । पण्डितले हातमा अगुल्टो लिएर चिताग्नी (दागबत्ती) दिए, वालकको शरीर केही समयमै खरानी भयो ।

सिद्धार्थको मनमा विचार उठ्यो, हे बाबु, तिमी अव यहाँबाट कहाँ जाने हो ? यस्तो रहस्यको उत्तर पाउने धोको उनको थियो । शायद यो पनि एउटा कारण हो उनले बुद्धत्व प्राप्त गर्नुमा ? उनले तुरुन्तै वालकलाई आफ्नो हातबाट यशोधराको हातमा राखिदिए अनि आफू बगैँचामा गएर वसे ।  
              
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ