arrow

महाराजगन्जमा अक्सिजनसहितको २५ बेडको आइसोलेशन सेन्टर 

logo
मणिप्रसाद गैेह्रे, 
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
183314801_267498864995053_2.jpg

कपिलवस्तु । महाराजगन्ज नगरपालिकाले २५ बेडको अक्सिजन सहितको आइसोलेशन सेन्टर तयार गरेको छ । नगरपालिकाको वडा न ७ कुशाहवामा रहेको स्वास्थ्य चौकीमा १५ बेडको र वडा नं १० को हरदौना स्वास्थ चौकी भवनमा १० बेडको आइसोलेशन तयार गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिए । 

कोरोना संक्रमितलाई तत्काल उपचार गर्न आइसोलेशसन तयार पारिएको कलामले जानकारी दिए । साथै नगरपालिकाभित्र रहेका एम्बुलेन्स तयारी अवस्थामा रहेको नगर प्रमुख कलामले बताए ।
 
प्रमुुुख जिल्ला अधिकारी चक्रपाणि पान्डे नगर प्रमुख अब्दुल कलामले अक्सिजनसहित टोलीले अक्सिजनसहित आइसोलेशन सेन्टर अनुगमन गर्दै उद्दघाटन गरेको प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले जानकारी दिए । आइसोलेशन सेन्टरमा नगरमा उपलब्ध वास्थ्यकर्मीलाई २४ सै घण्टा सेवामा खटाइएको स्वास्थ्य संयोजक राधेश्याम कलवारले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ