arrow

हुम्लामा समुदायस्तरमै कोरोना, सिमकोट बजारमा एक किशोरीमा संक्रमण

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
corona-test-1620363320.jpg

हुम्ला । हुम्लामा पनि समुदाय स्तरमा कोरोना संक्रमण भएको छ । लामो समयदेखि सदरमुकाम सिमकोट बजारमा बस्दै आएकी सर्केगाड गाउँपालिका ८ राहदेउकी १९ वर्षीया किशोरीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण जिल्ला बाहिरबाट आएकालाई मात्र नभई समुदाय स्तरमा फैलिएको जिल्ला अस्पताल हुम्लाका डा. टसि आङजुक लामाले बताए । 

स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पतालमा आएकी किशोरीलाई कोरोनाको संका लागेपछि एन्टीजेन्ट परिक्षण गर्दा संक्रमण पुष्टि भएको डा. लामाले बताए । ती किशोरीलाई संक्रमण पुष्टि भएसंगै अव समुदाय स्तरमा संक्रमण फैलिएको स्वास्थ्य सेवा कार्यालयले पुष्टि गरेको छ ।

हवाई तथा स्थलमार्गबाट जिल्लामा देशका बिभिन्न शहरबाट आएका यात्रुहरुबाट संक्रमण फैलिएको उल्लेख गरेको भए पनि जिल्लामा परिक्षणको दायरा बढाउने हो भने हुम्लामा संक्रमणको अवस्था भयावह हुने देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र श्वास प्रश्वासको समस्या भएपछि परीक्षणका लागि जिल्ला अस्पताल पुगेकी किशोरीलाई एन्टिजेन्ट परिक्षण गर्दा लक्षण सहितको संक्रमण देखिएको बताएका सिंहले अब अवस्था भयावह हुन सक्ने  उनको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ