arrow

जनगणना कार्यालय हुम्लाका कर्मचारी सहित २ जनामा कोरोना पुष्टि

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
humla-swab-1620397847.jpg

हुम्ला। हुम्लामा समुदाय स्तरमै संक्रमण फैलिए पछि शुक्रवार थप २ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ एक किशोरीमा संक्रमण पुष्टि भएपछि कनट्र्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा शुक्रवार थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।
 
जिल्ला जनगणना कार्यालयका कर्मचारी बस्ने गरेको एलिस होटेलमा बस्ने  जनगणना कार्यालयका कर्मचारी सहित २९ जनाको एनटिजीन किटबाट कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको हो । 

जिल्ला जनगणना कार्यालयमा कार्यालय सहयोगीको रूपमा काम गर्ने महिला कर्मचारीलाई कोरोना देखिएपछि शुक्रवार होटेलमा बस्ने २५ जनासँगै  अन्य ४ जना गरी २९ जनाको कोरोना परीक्षण गर्दा जिल्ला जनगणना कार्यालयका कर्मचारी सहित २ जना पुरुषलाई कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए । अन्य २७ जनाको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले बताए । 

कनट्र्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा शुक्रवार थप दुई जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा कूल संक्रमितको सङ्ख्या ११ पुगेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता भक्ति फडेराले बताए । अब हामी जो जहाँ छौँ त्यही बसेर सचेत र सजक नहुने हो भने हुम्ला जिल्लामा संक्रमणको अवस्था निकै डरलाग्दो गरेर फैलने उनले बताए  ।

जनगणना कार्यालयमा कार्यरत १९ वर्षीय किशोरीमा देखिएको संक्रमणका आधारमा कनट्र्याक्ट ट्रेसिङ गर्दा आज अर्को कर्मचारी र कार्यालयमा चिया लिने र लैजाने गरेका एलिस होटेलका एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । आज संक्रमित दुई जनामध्ये एक जनामा लक्षण सहितको संक्रमण देखिएको छ भने अर्को एक जनामा कुनै लक्षण नदेखिएको प्रवक्ता फडेराले बताए ।

 कोरोना संक्रमणको हटस्पटका रूपमा रहेको नेपालगन्ज र सुर्खेत देखि हवाई मार्ग भएर आएकाबाट जनगणना कार्यालयमा कार्यरत किशोरीमा सरेको र उनिबाट अन्यमा दुई जनमा सरेको हुनसक्ने अनुमान जिल्ला अस्पताल हुम्लाले गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ