arrow

जनगणना कार्यालय हुम्लाका कर्मचारी सहित २ जनामा कोरोना पुष्टि

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख २५ शनिबार
census-karnali-province.jpg
तस्बिर : फाइल

हुम्ला। हुम्लामा समुदाय स्तरमै सङ्क्रमण फैलिए पछि शुक्रवार थप २ जनामा सङ्क्रमण पुष्टि भएको छ। बिहीबार साँझ एक किशोरीमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा शुक्रवार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको हो।

जिल्ला जनगणना कार्यालयका कर्मचारी बस्ने गरेको एलिस होटेलमा बस्ने जनगणना कार्यालयका कर्मचारी सहित २९ जनाको एनिटजीन किटबाट कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण देखिएको हो। जिल्ला जनगणना कार्यालयमा कार्यालय सहयोगीको रूपमा काम गर्ने महिला कर्मचारीलाई कोरोना देखिएपछि शुक्रवार होटेलमा बस्ने २५ जनासँगै अन्य ४ जना गरी २९ जनाको करोना परीक्षण गर्दा जिल्ला जनगणना कार्यालयका कर्मचारी सहित २ जना पुरुषलाई कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिए। अन्य २७ जनाको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले बताए।

कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा शुक्रवार थप दुई जनामा सङ्क्रमण पुष्टि भएपछि जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ११ पुगेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता भक्ति फेराले बताए। 'अब हामी जो जहाँ छौँ त्यही बसेर सचेत र सजक नहुने हो भने हुम्ला जिल्लामा सङ्क्रमणको अवस्था निकै डरलाग्दो गरेर फैलने छ' उनले भने।

जनगणना कार्यालयमा कार्यरत १९ वर्षीय किशोरीमा देखिएको सङ्क्रमणका आधारमा कन्ट्याक ट्रेसिङ गर्दा आज अर्को कर्मचारी र कार्यालयमा चिया लिने र लैजाने गरेका एलिस होटेलका एक कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो। आज सङ्क्रमित दुई जनामध्ये एक जनामा लक्षण सहितको सङ्क्रमण देखिएको छ भने अर्को एक जनामा कुनै लक्षण नदेखिएको प्रवक्ता फेराले बताए।

कोरोना सङ्क्रमणको हटस्पटका रूपमा रहेको नेपालगन्ज र सुर्खेत देखि हवाई मार्ग भएर आएकाबाट जनगणना कार्यालयमा कार्यरत किशोरीमा सरेको र उनिबाट अन्यमा दुई जनमा सरेको हुनसक्ने अनुमान जिल्ला अस्पताल हुम्लाले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ