arrow

महाराजगन्ज नगरले कपिलवस्तु अस्पताललाई दियो ५ लाख

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ वैशाख २७ सोमबार
kapilbastu-hospital.JPG

कपिलवस्तु । महाराजगन्ज नगरपालिकाले कपिलवस्तु अस्पताल  रु ५ लाख सहयोग प्रदान गरेको छ । कोरोनाका बिरामीलाई उपचार सहयोग स्वरूप ५ लाखको चेक हस्तान्तरण गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए । 

अस्पतालको विकास तथा कोभिड १९ का बिरामीका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए । महाराजगन्ज नगरपालिका क्षेत्रको नागरिक तौलिहवा अस्पतालमा उपचार सेवा लिने भएकोले रकम दिएको नगरपालिकाले जनाएको छ । 

केही महिना पहिले तौलिहवा अस्पताललाई रु ५ लाख दिने उद्घोष अनुसार रकम हस्तान्तरण गरिएको महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिए । 

कोभिड आक्रान्त भएको समयमा महाराजगन्जले रु ५ लाख रकम दिनु आफैमा उदाहरणीय भएको नेपाल पत्रकार महासघंका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिए । ५ लाखको चेक पत्रकार महासङ्घका शाखा अध्यक्ष किरणमान बज्राचार्य मार्फत चेक हस्तान्तरण गरिएको छ ।

 उक्त चेक तौलिहवा अस्पताल विकास समितिलाई बुझाउने अध्यक्ष बज्राचार्यले बताए । अस्पताले उपचारमा स्रोत साधनमा समस्या रहेको भन्दै हिजो सहयोगको लागि अपिल गरेको थियो । यस अघि मायादेवी गाउँपालिकाले २ लाख अस्पताललाई हस्तान्तरण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ