- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा पटक पटक आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
उनले आफूलाई पाँच वर्षकै म्यान्डेट जनताले दिएकाले राजीनामा नदिएको स्पष्ट पार्दै आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताएका हुन् । उनले आफूसँग वहुमत सांसद रहेकाले राजीनामा दिन नसक्ने स्पष्ट पारे ।
प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने पनि बताए ।
प्रधानमन्त्री फेरि संसद विघटनतर्फ उन्मुख भएको हल्ला सुनेको जनाउँदै ओलीले भने, ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिनुहोस न, कसरी विघटन हुन्छ ?आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने ।’
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी सर्वोच्च अदालतले पुनःस्थापना गरेको प्रतिनिधिसभासँग समक्ष ओलीले पटक पटक मत मागेका हुन् । संसद्को स्थायित्वका लागि मुद्दा लडेर ल्याएको संसद् बचाउँ, भोट दिउँ’ उनले भने । ओलीले आफ्नो सरकारको आवश्यकता रहे वा नरहेको आदेश आज संसदले नै दिनुपर्ने पनि बताए ।