arrow

प्रतिनिधि सभामा मतदान हुँदै, नेपाल पक्षका सांसदहरु अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
sanghiya-samsad.png

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि संसदको विश्वास माग गरेपछि अहिले मतदान शुरु भएको छ ।

बानेश्वरस्थित संसद भवनमा जारी मतदानमा नेकपा एमालेका माधव नेपाल पक्षका सांसदहरु भने सहभागी नभएको बुभिएको छ ।

कांग्रेसले भने विपक्षमा मतदान गर्दै छ भने जसपा विभाजित रुपमा उभिएको छ । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराइ समूहले विश्वासको मतको विपक्षमा उभिने र महन्त ठाकुर पक्ष तटस्थ बस्ने घोषणा गरिसकेको छ ।

संसद सचिवालयका अनुसार मतदानका लागि तीनवटा लवीमा व्यवस्था मिलाइएको छ । मतदानका लागि कोरोना संक्रमित सांसदहरुलाई ल्होत्से हलमा मतदानको व्यबस्था मिलाइएको छ । हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ