- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कोरोना संक्रमणबाट कपिलवस्तुमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका हुन् ।
मृतक मध्ये एक जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो भने एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
यस्तै एक जनाको अक्सिजन अभावमा एम्बुलेन्स मै ज्यान गएको घिमिरेले पुष्टि गरे । अन्यको भने जिल्लाका विभिन्न आइसोलेसनमा ज्यान गएको हो ।
यस्तै मंगलवार जिल्लामा थप ७६ संक्रमित थपिएका छन् भने ४२ जना निको भएका छन् । उनीहरू केही होम आइसोलेसन र केही जिल्लाका विभिन्न आइसोलेसनमा रहेका छन् ।
योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८३ पुगेको छ भने ११ सय ७७ सक्रिय संक्रमित रहेका छन् ।