- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुमा वैशाख ३१ गतेसम्मको बन्दाबन्दी (लकडाउन) जेठ १० सम्म लम्बिने भएको छ ।
बुधवार बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी)ले थप १० दिनको लागि बन्दाबन्दी थप गरेको हो ।
यो पटक थपिएको बन्दाबन्दी कुन प्रकारको हुने जिल्ला प्रशासनले अझै खुलाइ सकेको छैन । साँझसम्म थप खुलाउने स्रोतले जनाएको छ ।
कोरोना भाइरसको दोस्रो चरण सुरु भयसँगै जिल्लामा कोरोना संक्रमित थपिने क्रम बढी रहेको छ ।
मङ्गलवार साँझसम्मको तथ्याङ्क अनुसार जिल्लामा कोरोनाका सक्रिय संक्रमित १ हजार २४८ छन् भने ९१ जनाको मृत्यु भएको छ ।