arrow

हुम्लामा कोरोना जितेर ८ जना घर फर्किए

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
humla-swab-1620397847.jpg

हुम्ला।  हुम्लामा ८ जना कोरोना सङ्क्रमित कोरोना जितेर घर फर्किएका छन् । उनीहरू बुधवार निको भई घर फिर्ता भएका हुन । कोभिड-१९ सङ्क्रमित भएपछि यही वैशाख २० गतेबाट सिमकोटको रानीवनमा रहेको कैलाश होटेलमा बनाइएको आइसोलेसनमा बस्दै आएका  ८ जना सङ्क्रमित कोरोना जितेर स्वस्थ भई डिस्चार्ज भएका हुन् । 

उनीहरू आठै जना वैशाख २९ गते बुधवारबाट  कोभिड-१९ सङ्क्रमणमुक्त भई स्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज गरेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता भक्ति फडेराले बताए । 

हवाई मार्ग हुँदै हुम्ला सिमिकोट पुगेका ३८ जनालाई वैशाख २० गते सिमकोट विमानस्थलमा एजेन्ट किडबाट चेक गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो  । जसमा सिमकोट गाउँपालिकाका १ जना महिला सहित ३ जना, खुर्पानाथ गाउँपालिकाका ४ जना पुरुष र सर्केगाड गाउँपालिकाका १ जना पुरुष गरी ८ जनालाई कोरोना एजेन्ट किडबाट चेक कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डाक्टर टसिअङजुक लामाले बताए ।  

१० दिन आइसोलेसनमा बस्दा उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नदेखिए र केही समस्या पनि नभएकाले यस्तो अवस्थामा आइसोलेसनमा बसेको १० दिन सम्म कुनै समस्या र लक्षण देखिएन भने सिद्धै घर पठाउने नेपाल सरकार स्वास्थ्य मन्त्रालय कोभिड १९ व्यवस्थापन समितिको मापदण्ड भएकाले त्यही मापदण्ड अनुसार उनीहरूलाई घर पठाएको उनले बताए ।

मानसिक रूपमा जति बलियो भएर कोरोना जित्छु भन्ने साहस बोकेको हुन्छ । त्यो बिरामीलाई औषधिले पनि छिटो काम गर्न सक्ने चिकित्सकको अनुभव छ। खास उपचारका क्रममा शारीरिक र मानसिक रूपले बलियो व्यक्ति चाँडै निको भएको हुने डाक्टर लामाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ