arrow

साओमीलाई कालोसूचीबाट हटाउने अमेरिकी निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
xiaomi2.jpg

काठमाडौं । अमेरिकाले चिनियाँ इलेकट्रोनिक एवं फोन उत्पादक कम्पनी साओमीलाई कालोसूचीबाट हटाउने निर्णय गरेको छ । साओमीलाई कालोसूचीमा राख्दा अमेरिकी नागरिकहरूले साओमीमा लगानी गर्न पाएका थिएनन् ।

यो समाचार प्रकाशित हुने सूचनासँगै साओमीको शेयर साढे ६ प्रतिशतले बढेको छ । गत जनवरीमा तत्कालीन राष्ट्रपति ट्रम्प प्रशासनले चिनियाँ सेनाको कम्पनीमध्येको एक भन्दै साओमीलाई कालोसूचीमा राखेको थियो ।

त्यसअघि नोभेम्बरमा कार्यकारी निर्देशन जारी गर्दै अमेरिकी नागरिकहरूलाई यो कम्पनीको सेयर किनबेच रोक लगाइएको थियो । अमेरिकी अदालतले साओमीको सम्बन्ध अमेरिकी सेनासँग नरहेको भन्दै कालोसूचीमा राख्ने विरुद्ध निर्णय गरेको थियो ।

 अब, मे २० भन्दा अघि अमेरिकी रक्षा विभाग र साओमीबीच थप वार्ता र सहमति हुने भएको छ ।



नयाँ