- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले केपी ओली पक्षसँगको छलफल ठोस प्रस्ताव र लिखित सहमति बिना गर्न नहुने संकेत गरेकी छन् ।
ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेपछि शीर्ष नेताहरुबीचको जारी छलफल र भेटवार्ताबारे झाँक्रीको प्रतिक्रिया आएको हो ।
उनले विहीबार साँझ सामाजिक संजालमार्फत जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प बिद्रोह भएको र आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्ने प्रतिक्रिया दिएकी छन् ।
उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौं ।’