arrow

बुढानिलकण्ठ समीक्षाको निष्कर्ष : ओलीको चाल हरेर थप रणनीति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
deuba-prachanda-yadhav.jpg

काठमाडौँ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सम्मिलित विपक्षी गठबन्धनले अहिलेको अवस्थामा सरकारको दाबी गर्नु उचित नभएको निष्कर्ष निकालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको समीक्षा बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

 अहिलेको अवस्थामा जसपा पूरैको समर्थन जुटेको छैन भन्दै तत्काल गठबन्धन सरकारको दाबी गर्नु उचित नभएको निष्कर्षमा बैठक पुगेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

जसपा पुरैले मतदान गर्ने वा माधवकुमार नेपाल पक्षले मतदान गर्ने पक्का पक्की नभई गठबन्धन सरकारका लागि दाबी गर्नु व्यर्थ हुने कुरामा बैठकमा बढी चर्चा भएको प्रवक्ता श्रेष्ठको भनाई छ ।  केपी ओलीको आगामी चाल हेरेर थप रणनीति तय गर्ने निचोड बुढानीलकण्ठ समीक्षाले निकालेको छ । 

छलफलमा काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण सिटौला लगायत नेता थिए । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, पार्टी प्रवक्ता श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल र पूर्व सभामुख ओनसरी घर्ती पनि सहभागी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ