arrow

चार संक्रमित थपिदा सर्किगाड ५ गोठी गाउँ सिल

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
covid-test-positive-corona_1618150029.jpg

हुम्ला। हुम्ला जिल्लाको मध्ये भेगमा पर्ने सर्किगाड गाउँपालिकामा पहिलो दिन १५ जनाको एन्टिजेन किटबाट  परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्किगाड गाउँपालिका ५ गोठीमा गरिएको परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएसँगै पालिकाले ५ नम्बर बडा गोठीसिल गरेको सर्किगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए  । यो सहित जिल्लामा कोरोना संक्रमित ४२ जना पुगेको छ ।

गाउँपालिका आफैले ४ सय वटा एन्टिजेन किट खरिद गरेर शुक्रवारबाट परीक्षण सुरु गरेको छ । पहिलो दिनमै १५ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । शनिवार बाट पालिकाका ८ वटै वडाका बस्तीहरूमा रेण्डम्ली कोरोनाको परीक्षण गरिने छ । 

सामान्य रुघाखोकी र ज्वरो आएका १५ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएपछि संक्रमणलाई थप फैलन नदिन सर्किगाड गाउँपालिका ५ नम्बर वडाका सम्पूर्ण कार्यालयहरू र बस्तीहरू सिल गरिएको छ । शङ्का लागे पछि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि वडामा रहेका कार्यालय र ५ वडाका सम्पूर्ण बस्तीहरू अर्को सूचना जारी नभए सम्मका लागि सिल गरिएको अधिकृत शाहीले बताए  ।

जिल्लामा शुक्रवार ४ जना नयाँ थप संक्रमित  थपिदा संक्रमितको सङ्ख्या ४२ पुगेको भए पनि  ८ जना यसअघिकै कोरोना जितेर घर फर्की सकेकाले हाल  १९ जना ताजाकोट, ४ जना सर्केगाड र  ११ जना सिमिकोट गरी ३४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रवक्ता भक्ति फडेराले बताए । 

शुक्रवार संक्रमित पुष्टि भएका चार जना सहित सर्केगाडमा ८ जनामा कोरोना पुष्टि भएको र ८ जना संक्रमित मध्ये सर्किगाड गाउँपालिका स्वास्थ्य संयोजकलाई श्वास-प्रश्वासमा समस्या भएपछि  थप उपचारका लागि शुक्रवारै सिम्रिक एयरको हेलिकोप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएका फडेराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ