arrow

दक्ष जनशक्ति अभावमा अस्पतालमा थन्किए भेन्टिलेटर

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ जेठ २ आइतबार
humla-hospital-ventilator.jpg

हुम्ला। भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा जिल्ला अस्पताल हुम्लामा भेन्टिलेटर थन्किएका छन्। जिल्ला अस्पतालमा रहेका २ थान भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति तथा सम्बन्धित उपकरणको अभावमा दुवै मेसिन थन्किएर बसेका हुन्। 'हामीसँग २ वटा भेन्टिलेटर छन्, यसलाई सञ्चालन गर्न एनेस्थेसीयोलोजीस्ट वा एनेस्थेसियाको आवश्यक पर्छ यो हामी सँग छैन। यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नभएका कारण भेन्टिलेटर सञ्चालनमा ल्याउन सकिएन'  स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले भने।

जिल्ला अस्पतालमा गत साल कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको १ थान र नेपाल अस्ट्रिया साझेदारी संस्थाले उपलब्ध गराएको १ थान गरी २ वटा भेन्टिलेटर मेसिन छन् तर दक्ष जनशक्ति अभावमा थन्काएर बसेको छ। अस्पतालमा सँग भएका भेन्टिलेटर मेसिनमा एउटामा अक्सिजन सप्लाई पाई र एउटामा एबिजि मनिटरसँगै अक्सिजन सप्लाई पाइप नभएकाले यी सामानहरूको व्यवस्था हुने बित्तिकै भेन्टिलेटर मेसिन सञ्चालनमा ल्याउन सकिने उनले बताए।

कोभिडको महामारी बढिरहेका बेला अस्पतालसँग उपलब्ध भएका साधन प्रयोगमा नल्याउन अस्पताल व्यवस्थापनको कमजोरी हो। यस्तो महामारीको अवस्था अरू थप गर्नु पर्नेमा आफूसँग भएको स्रोत पनि प्रयोग गर्न नसक्नु व्यवस्थापनको लाचारी भएको हुल्लाका स्थानीहरू आक्रोश पाक्छन्।

भेन्टिलेटर सञ्चालन गर्नका लागि नयाँँ दक्ष जनशक्ति नै चाहिँदैन अहिले अस्पतालमा भएका ६ जना डाक्टर मध्येबाट कसैलाई तालिम दिएर दक्ष बनाउन सकिन्छ। यसका लागि अस्पताल व्यवस्थापन लाग्नु पर्ने हुम्लाका स्थानीयहरू बत्ताउँछन्।

अस्पतालमा भेन्टिलेटर जडान र अक्सिजन सञ्चालन गर्न २४ घण्टा बत्ती चाहिने भएकाले नेपाल बिद्युत् प्राधिकरण हिल्दुम वितरण केन्द्रले अस्पतालका लागि डेडिकेट लाइन जडान कार्य गरिरहेको छ। एक दुई दिनमा जडान कार्य सम्पन्न भए पछि विद्युतीय माध्यमबाट सञ्चालन हुने सबै काम २४ सै घण्टा सुचारु हुने केन्द्रले जनाएको छ।

अस्पतालमा २४ सै घण्टा बिद्युत् सञ्चालन भए पच्यात २४ घण्टा अक्सिजन दिनु पर्ने बिरामीलाई अन्यत्र रिफर गर्नु नपर्ने जिल्ला अस्पताल हुम्लाका डाक्टर नवीन रोकायाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ