- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हुम्ला । आगामी मंसीर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका सबै राजनितिक दल उपाध्यक्ष पदको उपनिर्वाचनका लागि सर्केगाड गाउँपालिको केन्द्रमा केन्द्रित हुन थालेका छन् ।
आ–आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम सिफारिस गर्ने दिन नजिकिएसँगै दलहरु बैठकका लागि सर्केगाडमा केन्द्रित हुन थालेका छन् । १६ मंसिरमा हुने उपाध्यक्षको उपनिर्वाचनका लागि जिल्लामा क्रियाशील सबै राजनीतिक दलबाट उम्मेदवारका आकांक्षीको चर्चा शुरु भएको छ ।
सो गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनामा परी गत भदौमा मृत्यु भएको थियो ।
३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । देशैभर जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको नाम सिफारिस नगरेको भए पनि १६ मंसिरमा हुने उपाध्यक्षको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट सविता बुढा ऐडी, चन्दा फडेरा, शुशिला शाह, बसन्ती शाही, सुना बुढा, रेलकला रोकाया र सकुन्तला मल्लको नाम चर्चामा आएको छ ।
एमालेको तर्फबाट रमा काफ्ले, जुनकौंरा फडेरा र जाना शाही नाम चर्चामा आएको छ । त्यसैगरी माओवादी केन्द्रको तर्फबाट कुशुम कार्की (कोपीला), ललिता थापा (माया), नानीमैया कार्की (बसन्ती), हिरकाला शाही, देवकी तिमिल्सिना र जसकला बुढा (जलजला) को नाम चर्चामा आएको छ ।
रास्वपाबाट अहिलेसम्म कसैको चर्चा नभए पनि नेकपा एकीकृत समाजवादीबाट बाँचकला शाहीको नाम चर्चामा छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पनि संभावित उम्मेदवारको नाममा निर्मला महत बुढा, मन्जु भारती रोकाया, प्रेमकला ऐडी, रामकी ऐडी, शुसीला शाही र सुमीता शाहीको नाम चर्चामा रहेको छ ।
मंसिर १ गतेसम्म सबै दलहरुले उम्मेदवारको नाम टुङ्गो लगाइसक्नु पर्ने भएकाले सबै दलहरु आ–आफ्नो पार्टीका बैठकमा ब्यस्त हुन थालेका छन् ।