arrow

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
District-61-Humlat-hamrakura.jpg.jpeg

हुम्ला । हुम्लामा माटोको ढिस्कोले पुरिएर आज बिहान दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका वडा नं. ३ का २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा मल्ल छन्

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरूसँगै गएका लालबहादुर शाही सामान्य घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यस्तै मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ