- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटबाट नेपालगञ्ज जाने टिकटका लागि रातभर लाइनमा बस्नुपर्ने बाध्यता छ । आउँदो सोमबार र मंगलबारका लागि नेपाल एयरलाइन्सको टिकट लिन मंगलबार रातभर लाइनमा बस्नु परेको हो ।
सिमकोटका लागि दैनिक उडान भर्दै आएका निजि एयरलाइन्सले हप्ताको एक दिन मात्रै उडान गर्ने गरी आफ्ना उडान घटाएपछि नेपालगञ्ज सुर्खेत जाने टिकट लिनका लागि रातभर लाइनमा बस्नुपर्ने बाध्यता रहेको खार्पुनाथ ५ का देवेन्द्र सिंहले बताए ।
मंगलबार राति ११ बजे टिकटको लागि लाइन बस्न जाँदा आफू आठौँ नम्बरमा परेको उनले बताए ।
नेपाल एयरलाइन्सको सिमकोट शाखाले लाइनमा बसेर जो पहिलो हुन्छ उसैलाई टिकट दिने व्यवस्था गरेका कारण यात्रुहरु टिकट वितरण गर्ने अघिल्लो दिनको बेलुकाबाटै लाइनमा बस्दै आएका छन् । लाइनमा बसेका यात्रुहरुलाई बुधबार बिहान टिकट वितरण गरेको नेपाल एयरलाइन्स सिमकोट शाखा प्रमुख छिरिङ लामाले बताए ।
सर्वसाधारणले टिकट प्राप्त गर्ने सजिलो उपाय देखेर नै लाइनमा बसेर टिकट वितरण गर्ने ब्यवस्था गरिएको हो । यसो गर्दा भनसुनका आधारमा नभइ सर्वसाधारण जोसुकैले पनि टिकेट पाउने भएकाले लाईको प्रक्रियाबाट टिकट वितरण गर्ने गरेको लामाले बताए ।