arrow

कपिलवस्तु अस्पताललाई लिडोले दियो ५ लाख

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ जेठ ३ सोमबार
kapilbastu-hospital-lido.JPG

कपिलवस्तु । लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल ) संस्था द्वारा कपिलवस्तु अस्पताललाई ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । 

संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य अतहर कमालले  कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर बन्जाडे र व्यवस्थापक रत्नाकर शुक्लालाई ५ लाखको चेक हस्तान्तरण गरिएको हो । कतार च्यारिटी र लिडो सहयोगमा उक्त रकम सहयोग गरिएको हो । 

कोभिड बिरामीको उपचार खर्च तथा अक्सिजन व्यवस्थापनको सहजताको लागि रकम दिइएको अध्यक्ष कमालले बताए । सरकार बाट अस्पताल व्यवस्थापन तथा उपचारमा उदासीनता देखिन लागेपछि सामाजिक संस्था र व्यक्तिगत रूपमा नै अस्पताललाई सहयोग गरी बिरामीको ज्यान जोगाउने क्रम चलेको समेत अध्यक्ष कमालले बताए । 

विभिन्न स्थानीय तह, सामाजिक संस्था तथा सरोकारवालाको सहयोगमा कोभिडका बिरामीको उपचारमा सहजता तथा स्रोत व्यवस्थापन गर्न केही हदसम्म सहजता भएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डन डा. किशोर बन्जाडेले बताए । 

चेक हस्तान्तरण समारोहमा संस्थाकी कार्यक्रम संयोजक सुनिता बेल्वासे लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ