arrow

जेठ १५ रातीसम्म लम्ब्याइयो हुम्लामा निषेधाज्ञा

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
humla-1620220975.jpg

हुम्ला । कोरोना रोकथाम र नियन्त्रणका लागि हिमाली  जिल्ला हुम्ला २ हप्ता अगाडि जारी गरिएको निषेधाज्ञा ११ दिनका लागि थपिएको छ । 

वैशाख १९ गते नेपालगन्जबाट आए ६ जना र  सुर्खेतबाट आएका २ जना गरी ८ जना हवाई यात्रुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सम्भावित जोखिम कम गर्न वैशाख २१ गतेबाट जारी गरिएको निषेधाज्ञा जिल्लामा सङ्क्रमण बढ्दो क्रममा रहेकाले पुन ११ दिनका लागि निषेधाज्ञा केही खुकुलो पारेर जिल्ला प्रशासन कार्यालय हुम्लाले एक आदेश जारी गर्दै जेठ ४ गते राती १२ बजेबाट जेठ १५ गते राती १२ बजेसम्म लम्ब्याइएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

जिल्लामा सङ्क्रमण बढ्दो क्रममा रहेको हुँदा उक्त सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा ११ दिन  निषेधाज्ञा लम्ब्याइएको उनले बताए  । 

आज जारी गरिएको आदेशमा सदरमुकाम सिमिकोट आसपास बाहेक अन्य क्षेत्रमा निषेधाज्ञा केही खुकुलो पारेको र जिल्लामा निषेधाज्ञा जारी भएको अवधि भर सदरमुकाममा मानिसको आउजाउ समेत बन्द हुने र निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, सूचना तथा सञ्चार, खानेपानी, फोहोर मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल जस्ता अत्यावश्यक सेवाहरूका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दूध, ग्याँस आदि) का पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने र केही खुकुलो पारि जारी गरिएको निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारी साधन, खाद्यान्न बोकेका सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरि अनुमति लिएर निर्माण सामग्री बोकेका सवारी साधन पनि सञ्चालन हुन पाइने आदेशमा उल्लेख छ । जिल्लामा स्थापित सरकारी तथा सार्वजनिक कार्यालयहरू २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन आउने र बैङ्कहरू बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । 

जिल्लामा निषेधाज्ञा जारी भएपछि हवाई मार्गबाट खाद्यान्न, कार्गो र विकास निर्माणका सामानहरू ढुवानी  गरे पनि यो अवधिमा हवाई यातायातबाट यात्रुहरु भने आउन पाउने छैनन् । भने जिल्ला भित्र निषेधाज्ञा केही खुकुलो गरिएको भए पनि जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाकामा भने कडाइ गरिने बताइएको छ । 

जिल्ला भरि वैशाख १८ गते देखि  आज (मङ्गलवार) सम्म ४५५ जनामा गरिएको परीक्षणमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ