arrow

कास्कीमा लकडाउनको समय थपियो, मर्निङवाक गर्न पनि नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
pokhara-lockdawn.jpg

पोखरा । कास्कीमा थप एक साता लकडाउन थपिएको छ । लकडाउनको समयसीमा बढाएर जेठ १४ गतेसम्म पुर्याइएको छ ।

अबको लकडाउनमा बिहान मर्निङवाक गर्दै हिंडडुल गर्न पनि नपाइने भएको छ । यस पटकको लकडाउनमा स्वास्थ्य मापदण्ड पूरा गरी नित्य पूजा गर्न पाइने भएको छ ।

सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासंघबाट जारी प्रेस पास तथा सञ्चार गृहबाट जारी पासको आधारमा आवतजावत गर्न पाउनेछन् ।

सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट साथै साँझ, खेलकुद क्षेत्र सञ्चालन गर्न पाइनेछैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ