arrow

खोपको विकसमा बेलायत-भारत सहकार्य, दुवै मुलुकका लगानीकर्तालाई अवसर

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
uk-india.jpg

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस् जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको चमत्कारिक केन्द्रमा बेलायत र भारतबीच सहकार्य भएको बताएका छन्। उनले दुवै मुलुकबीचको पछिल्लो सहकार्यले भारतीय व्यापारीहरूलाई बेलायतमा र बेलायतका व्यापारीहरूलाई भारतमा नयाँ अवसरका ढोका खुला गरिदिएको समेत बताएका छन्। 

भारत र बेलायतबीच १.४ बिलियन अमेरिकी डलरको व्यापार तथा लगानी सम्झौता भएको छ। उक्त सम्झौतापछि दुवै मुलुकबीचको पछिल्लो सहकार्यले अवसरका ढोकाहरूलाई थप फराकिलो बनाएको उनले बताएका हुन्।

उनले कोरोना भाइरसको महामारी वर्तमान मानव जीवनको सबैभन्दा ठुलो विश्वव्यापी चुनौती भएकोसमेत बताए। यस महामारीलाई परास्त गर्नका लागि मुलुकहरूले एकापसमा खुला हृदयका साथ सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

“कोरोना भाइरसको महामारीविरुद्ध लड्न भारत र बेलायतले गत वर्ष नै प्रतिबद्धता व्यक्त गरेका थिए,” उनले भने, “भारतले बेलायतका लागि अत्यावश्यक औषधि र पिपिई सहयोग गरेको छ र भारतीय नागरिकले बेलायतको नेशनल हेल्थ सर्भिसमा गरेको योगदान अविस्मरणीय छ।”

हाल भारतलाई सङ्कट परेको बेला सहयोग गर्न पाउँदा निकै गर्व महसुस भएकोसमेत प्रधानमन्त्री जोनसनले बताएका छन्। यसअघि प्रधानमन्त्री जोनसनले एक हजार भेन्टिलेटर भारतलाई सहयोग गर्ने घोषणसमेत गरेका थिए। यससँगै बेलायतले थप २०० भेन्टिलेटरहरू, ४९५ अक्सिजन कन्सनट्रेर्टस र तीन अक्सिजन जेनेरेसन युनिट सहयोग गरेको थियो।

बेलायतले अहिले भारतले कोरोना भाइरसको दोस्रो लहरको सामना गर्नु परेका कारण व्यापारीहरू, नागरिक समाज र आम नागरिकलाई पनि सहयोग गर्न अपिल गरेको छ। उनले छोटो समयमा नै खोपको विकास हुनु र तीव्र उत्पादन हुनुलाई वैज्ञानिक अलौकिक र चमत्कारी विकासको संज्ञा दिएका छन्। उनले भने, “यसको मूल चुरो बेलायत र भारतबीचको सहकार्य नै हो।

बेलायतले खोप विकासका लागि अक्सफोर्ड र अस्ट्राजेनेकालाई सहयोग गर्‍यो भने भारतले खोप उत्पादनका लागि सिरम इन्स्टिच्युटलाई सहयोग गर्‍यो। आगामी दिनमा दुवै मुलुकबीचको सहकार्य थप बलियो रूपमा अघि बढ्ने छ।”

उनले हाल कोरोनाविरुद्धको पहुँचमा नपुगेकाहरूलाई खोप उपलब्ध गराउनु विश्वभरका सरकारहरूको दायित्व भएकोसमेत बताएका छन्। भारत र बेलायतले विश्वव्यापी खोप उत्पादनलाई बढाउनेसमेत सहमति गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ