arrow

मलाई विश्वासको मत चाहिएको छैन : प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
kp-oli-pm-press-meet.jpg
तस्बिर : रासस

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले आफूलाई सरकार चलाउने मन नै नरहेकाले विश्वासको मत नचाहिएको बताएका छन्। अहिले जारी पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत आवश्यक नपरेकाले नलिएको जवाफ दिएका हुन्।

‘विश्वासको मत मलाइ चाहिएको छैन, किन विश्वास माग्छु ?, म दिक्क भैसकें, सरकार चलाउँदा चलाउँदा,’ प्रधानमन्त्री ओलीले भने। उनले हरेक सांसदलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्ने अधिकार रहेको भन्दै सङ्ख्या पुर्‍याएर आफूलाई हटाउन पनि चेतावनी दिए। उनले आफ्नो सरकारलाई कसैले सहयोग नगरेका कारण यो अवस्था आएकोसमेत दाबी गरे।

‘न कोही समर्थन गर्छ, न कोही साथ दिन्छ, दिनै पिच्छे विरोध दिनै पिच्छे अवरोध, यस्तो हुन्छ ?’ ओलीले पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै छन्। 
उनले आफूलाई प्रधानमन्त्रीमा सहयोग नगरे एक महिना पछि संसद् विघटन हुनेसमेत बताए।

‘एक महिना पछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्‍यो भनेर आरोप लगाउन पाइँदैन, समर्थन दिनुस्, होइन भने संसद् विघटन गरेर ओलीले देशलाई चुनावमा लग्यो भन्न पाइँदैन।’ प्रधानमन्त्री ओलीले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ